STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नितु डंगोलले जितिन् मिस नेवाः उपाधी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

नेप्लिज फेशन होम्सको आयोजनामा विगत १४ वर्ष देखि नियमित आयोजना गर्दै आएको नेवार समुदायका युवतीहरु बीचको सौन्दर्य र प्रतिभाको प्रतियोगिता १४ औं संस्करणको एनटिसी मिस नेवाः ११३९ को उपाधि नीतु डंगोलले जितेकी छिन् । प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद १५ हजार रुपैयाँ सहित विभिन्न उपहारहरु प्राप्त गरिन् । नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले मुकुट पहिराइदिएकी थिइन् । नेप्लीज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन् । उनले पनि नगद राशीका साथै विभिन्न उपहारहरु पाइन् । सञ्जिताले मिस फ्रेण्डशीपको उपाधि पनि जितिन् । स्केना कोजुले सेकेण्ड रनर्स अपमा चित्त बुझाइन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु शाक्यको प्रमुख आथित्यमा सम्पन्न मिस नेवाः ११३९ को ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा प्राइम बैंकका भाइराजा तुलाधर र निर्णायकहरुमा गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन कँराते एसोसिएसनका अध्यक्ष अशोक कुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी विजयरत्न तुलाधर, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे, हिटको का अध्यक्ष प्रदिप मान प्रधान थिए । नेवार समुदायका युवतीहरुले मात्र सहभागिता जनाएको उक्त प्रतियोगितामा यूनिषा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको अवार्ड जित्न सफल भइन् । त्यसै गरी पल्सा महर्जनले मिस पब्लिक च्वाइसका साथै सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनर्स अपको उपाधि जितिन् भने रोजी शाक्यले बेस्ट हेयरको उपाधि जितिन् । प्रतियोगिताका अन्य उपाधिहरुतर्फ कृतिका प्रजापतिले बेस्ट स्किन, कृषा गैंजुले बेस्ट स्माइल, बिदिशा श्रेष्ठले मिस डिसिप्लिन, अजुमी शाहीले मिस फोटोजेनिक, संगीता महर्जनले मिस फ्रेण्डशिप, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजुले मिस एलिगेन्टईशा श्रेष्ठले बेस्ट ड्रेस, रेफिना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको सेकेण्ड रनर्स अपको उपाधि जितिन् । प्रतियोगितामा सजिना श्रेष्ठले मिस ट्यालेन्टको उपाधि जितिन् । रोशनी कुम्पाखाले उत्कृष्ठ नेपाल भाषाको उपाधि जित्न सफल भइन् । प्रतियोगिताको क्रममा सहभागि युवतीहरुले विभिन्न पहिरनहरुको फेसन शो नै प्रस्तुत गरेका थिए । समारोहमा गायक प्रवेशमान शाक्यले नेपालभाषाकै गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शक तथा स्रोताहरुलाई मनोरञ्जन प्रदान गरेका थिए भने विभिन्न नृत्य कलाकारहरुले परम्परागत नेवारी नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए । आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, संस्कृति, गीत, संगीत, नृत्य, रितीरिवास, रहनसहन, खानपिन आदिका बारेमा जानकारी गराउन तथा तीनको संरक्षणका लागि यो प्रतियोगिता आयोजना गरिएको बताएकी छिन् ।
Categorized in राष्ट्रिय