STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निम म्युजिक अवार्डमा नेपालभाषाका गीतहरु पनि प्रतिस्पर्धामा

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २६, मंगलबार

पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको आठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२५ को मनोनयन सार्वजनिक भएको छ ।

निम अवार्डको आठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४० विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका कार्यक्रम संयोजक कमला जोशीले बताएकी छिन ।

कार्यक्रमको समापन एक भव्य समारोहको विच बैशाखको दोश्रो हप्ता सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन् ।

निरन्तर आठ वर्ष देखी पुर्व मेचि देखी पश्चिम महाकाली सम्म देश भित्र र देश बाहिर रहेर नेपालमा बोलीने नेपाली लगायत अन्य विभिन्न भाषा भाषीहरुमा गीत संगीत तथा भिडियोहरु तयार पार्ने श्रष्ठा तथा सर्जकहरुलाई पिम नेपालले प्रोत्साहन स्वरुप समावेशी अवार्डको आयोजना हुदै आएको आयोजकले बताएका छन् ।

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को लागि https://aventoz.com/event-details/67e57c293d6c0 मार्फत अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ ।

उत्कृष्ट नेपालभाषा गीतकार

१. संघरत्न शाक्यः कतांमरिया रुप छंगु

२. अमृत रत्न शाक्यः मुसुहुँ न्हिला

३. राजकुमार मानन्धरः दिलमाया

४. सुरज विर बज्राचार्यः नक्कलीम्ह मयजु

५. रजन कुस्लेः फागु पुन्हि

 

 उत्कृष्ट नेपालभाषा संगीतकार

१. राजकुमार मानन्धरः दिलमाया

२. गोविन्द ह्युमतः मुसुहुँ न्हिला

३. भिम प्रसाद प्रजापतिः हाकुपर्सि

४. हरि बहादुर रञ्जितः नाप च्वने मदुसां

५. सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु

 

 उत्कृष्ट नेपालभाषा गायन

१. राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि

२. सुनिल चित्रकारः मुसुहुँ न्हिला

३. गंगादेवी महर्जनः कतांमरिया रुप छंगु

४. विरज महर्जनः नक्कलीम्ह मयजु

५. सत्य नारायाण मानन्धरः हाई हाई रे

 

 उत्कृष्ट नेपालभाषा मोडलिङ

१. सृष्टि महर्जनः मुसुहुँ न्हिला 

२. सुदिप श्रेष्ठः कतांमरिया रुप छंगु

३. हसना महर्जनः नक्कलीम्ह मयजु

४. मनोज महर्जनः नक्कलीम्ह मयजु

५. विजयमान सिंहः छंगु मतिना

 

 उत्कृष्ट नेपाल भाषा निर्देशन

१. दर्शनबिर शाक्यः नाप च्वने मदुसां

२. आराध्यलक्ष्मी खड्गीः छंगु मतिना

३. रामकृष्ण खड्गीः नक्कलीम्ह मयजु

४. श्याम सुन्दर शिल्पकारः दः पिनि द्यः ब्वय्कि

५. रबि सायमीः कतांमरिया रुप छंगु

Categorized in साहित्य-कला