STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषामा राष्ट्रियगान गाएर मातृभाषा दिवस मनाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ९, शुक्रबार

काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) आज विविध कार्यक्रम गरी मनाइयो । यस अवसरमा काठमाडौंको असनमा पनि मातृभाषा दिवस मनाइएको छ । मातृभाषा दिवसको अवसरमा नेपालको राष्ट्रियगान ‘सयौं थुंगा’लाई नेपालभाषामा गाइएको थियो । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालमा बोलिने विभिन्न मातृभाषामै राष्ट्रियगान गाउन पाउनुपर्ने माग पनि उठाइएको थियो । कार्यक्रममा नेवाः अग्रज मल्ल के. सुन्दरले अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा मातृभाषाको महत्वबारे मन्तव्य राखेका थिए । यसैगरी जनगायक भृगुराम श्रेष्ठले जनताको गीत सुनाएका थिए । भाषासेवी लक्ष्मीदास मानन्धरको मुख्य उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य देवदास मानन्धरले दिएका थिए भने श्यामकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन दिएका थिए । कार्यक्रममा मातृभाषा शिक्षा अनिवार्य गर्नुपर्ने माग राखी हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रमलाई भगवान शाक्यले सञ्चालन गरेका थिए ।
Categorized in राष्ट्रिय