नेपालमा कोरोनाबाट निको हुने चारजना पुगे
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ७, आइतबार
काठमाडौं – सेती प्रादेशक अस्पतालमा भर्ना भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर घर फर्केसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या चार पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ रहेका छन् भने यसबाट अहिलेसम्म कसैकाे पनि मृत्यु भएकाे छैन ।
यसअघि शनिबार धौलागरी अस्पतालमा भर्ना भएकी ६५ वर्षीय महिला, शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंबाट १९ वर्षीय युवती कोरोनाबाट निको भएर घर गइसकेका थिए । यसअघि करिब अढाई महिनाअघि एक युवक पनि निको भएर फर्किसकेका थिए ।
उपचारपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएरपछि उनीहरुलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय