STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १२, सोमबार

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका(७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसक्रममा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
Categorized in राष्ट्रिय