STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा थप दुईजनामा कोरोना संक्रमण, कुल संक्रमित ५९ जना पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार

काठमाडौं – नेपालमा शुक्रबार दुईजना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेका छन् । यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुईजना कोरोना संक्रमित भेटिएका हुन् । रूपन्देहीका २५ वर्षीय युवक र नेपालगञ्जका ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय