STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौं संस्करण आरम्भ

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र ८, शुक्रबार

आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) आज बिहिवार सुरु भएको छ ।   राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमूख अतिथि रहेको सो समारोह उनले क्लाएप पड्काएर उद्घाटन गरे । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित सुरु भएको महोत्सव चैत्र ११ गते सम्म चार दिन चल्नेछ । 

कार्यक्रमका दाहालले निफको सफलताको शुभकामना ब्यक्त गर्दै विश्वभरका चलचित्रहरू नेपालमा एकसाथ प्रदर्शन हुनु राम्रो पक्ष भएको बताए । उनले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतालाई अन्तराष्ट्रिय दर्शक माझ प्रस्तुत गर्न आवश्यक रहेको बताए । विगत ८ वर्षदेखि अन्तराष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता रहेको अध्यक्ष दाहालको भनाई छ । उनले भने, ‘निफले आफ्नो विशिष्टता, ऐतिहासिकता र महत्त्वपूर्ण यस महोत्सवमा प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा हो ।’

बागमति प्रदेश सरकार सन्चार रजिष्ट्रेट रेवति सापकोटाले स्वागत मन्तव्य राखेको सो समारोहमा चलचित्रविद् दिपेन्द्र गौचनले महोत्सव बारेको मूल कुरा राखे भने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष के पि पाठकले समारोह सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

महोत्सव अन्तर्गत शनिबार आयोजना हुने ‘ रसियन फिल्म डे’मा ३ रुसी फिल्म देखाइनेछ । यसपटक महोत्सवमा ३ अडियन्स च्वाइस र एक एआई अवार्ड थप गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

ओपनिङ चलचित्रको रुपमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ देखाइएको छ । महोत्सव अवधीभर छनौटमा परेका ४० देशका ८७ वटा चलचित्र देखाइनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिने छ ।

सर्वोत्कृष्ट हुने एआई चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

Categorized in सिनेमा