STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानमा के.पी. पाठक सर्वसम्मत

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ३०, बुधबार

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको  चुनावी साधारण सभा आज बुद्ध बार  सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल को नियमित आयोजना गर्दै आएको सो प्रतिष्ठानका अध्यक्ष के पि पाठकले आज सम्पन्न साधारण सभामा स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य माथि प्रकाश पार्नु भएको  थियो ।

सो साधारण सभाको बन्द सत्रमा प्रतिष्ठानका महासचिव राजु के.सी.ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै गरी कोषाध्यक्ष कमल प्रसाद शर्माले प्रतिष्ठानको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको नयाँ कार्यसमिति को लागि भएको निर्वाचनमा अध्यक्ष पदमा  के पि पाठक  सर्वसम्मत चयन हुनु भएको छ भने महासचिव मा यादवकुमार भट्टराइ , सचिव पुकार तिमल्सिना , कोषाध्यक्ष टिना राजभण्डारी र सदस्यहरुमा सागर पाण्डे र रसिक पाठक सर्वसम्मत चयन हुनु भएको छ ।

Categorized in सिनेमा