नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा पत्रकारहरुलाई सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २९, सोमबार
विजयरत्न असंबरे
कोरोना भाइरस कोभिड १९ को माहामारी फैलिरहेको यो समयमा लकडाउनको कारणले प्रभावमा परेका पत्रकारहरुलाई उपत्यका सरोकार मञ्च तथा उपत्यका व्यापि सडक विस्तार पीडित संघर्ष समितिले सघाएको छ । उक्त संस्थाहरुले दाल, चामल, आँटा, दालमोठ, लाखामरी, चिउरा, चिनी, तरकारी गरी १९ थरी खाद्य सामग्री उपलब्ध गराएको हो । ती सामग्री नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आवश्यकताको प्राथमिकताका आधारमा वितरण गरिने पत्रकार राष्ट्रिय दबूले जनाएको छ । उपत्यका सरोकार मञ्च र उपत्यका व्यापि सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन साय्मि, उपाध्यक्ष विद्या श्रेष्ठ, सचिव रविन्द्रकुमार श्रेष्ठ र सदस्य विकासबाबु श्रेष्ठले सो हस्तान्तरण गर्नुभएको हो । पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, ललितपुर जिल्ला अध्यक्ष सागर महर्जन र ललितपुर जिल्ला कार्यसमिति सदस्यहरुको प्रतिनिधि मण्डलले सहयोग ग्रहण गरेका थिए भने आवश्यक परेका काठमाडौं उपत्यकाका नेवाः पत्रकारहरुलाई वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैबीच किर्तिपुर नगरपालिकाले पनि पत्रकारहरुका लागि सहयोग गरेको छ । नगरपालिकाले चामल, दाल लगायतका दैनिक जीवनका अत्यावश्यक सामग्री सहयोग गरेको हो । Categorized in उपत्यका


