STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन संयोजक ओलीलाई हस्तान्तरण

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २३, शनिबार

काठमाडौं - सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको छ ।

पौडेल संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्रालयमा प्रतिवेदन तयार पारेको थियो । अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्डसहितको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम बुझाइएको छ। तयार पारिएको प्रतिवेदन संयोजक ओलीसँगै गठबन्धनका शीर्ष नेताहरुलाई पनि बुझाइएको छ ।

प्रतिवेदन बुझाउदा गृहमन्त्री रवि लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल उपस्थित रहेका थिए ।

Categorized in राजनीति