STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पञ्चकपाल चर्यानृत्यको भिडियो सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १५, बिहिबार

काठमाडौं– पञ्चकपाल चर्यानृत्यको भिडियो प्रोजेक्ट बाजा नेपालले सार्वजनिक गरेको छ । पाटनमा भएको सम्यक महादान पर्वको अवसर पारेर उक्त भिडियो सामाजिक सञ्चाल युट्युबमा सार्वजनिक गरिएको हो । बुद्ध र बुद्ध शासनको रक्षकका रुपमा बौद्धमार्गीले मान्दै आएका महांकाल बोधिसत्व आर्यावलोकितेश्वरलाई करुणा र बलको प्रतीकको रुपमा लिइन्छ । काल भन्नु मृत्यु वा समय हो । महांकाल मृतशरीरमाथि विराजमान हुन्छन् । पञ्चकपाल उनकै एक गुह्य रुप् हो । सम्यक महादान पर्वको पहिलो दिन ललितपुर दरबार क्षेत्रमा भिडियो सार्वजनिक गर्दा दर्शकहरु उत्साहित भएका थिए । श्री वैशवर्ण महाविहार गुजिबहालमा छायाकन भएको यस भिडियोका निर्देशक प्रोजेक्ट बाजा नेपालका अध्यक्ष फिरोज वज्राचार्य हुन् भने संगीत संयोजन पनि उनैले गरेका हुन् । गीत ज्योति रेकर्डसमा रेकर्डिङ्ग गरिएको हो । भिडियोमा चर्यानृत्य गर्ने कलाकार राजिप वज्राचार्य हुन् भने यसमा चर्यागीत गाउने सुमन कपाली तथा खिं र ताः बाजा बजाउने लक्ष्मी डंगोल हुन् । भिडियोका नृत्यनिर्देशक राजु शाक्य, फेस पेन्टिङ्ग बिजेन वज्राचार्य, कलर ग्रेडिङ्ग लाटोकोसेरो फिल्म्सका विजेश पौडेल, प्रोडक्सन म्यानेजर विश्वास वज्राचार्य, छायाँकन टोपी स्टुडियोका सागर आचार्य, सहायक छायाँकन अनुप पौडेल, साउण्ड र लाइट ललितपुर साउण्ड एण्ड लाइट सर्भिस रहेका छन् । भिडियोको निर्माणमा सुरेशराज वज्राचार्य, मिलन तण्डुकार, विपु श्रेष्ठ, सुमन महर्जन, स्वर्णिम महर्जन, ज्ञानमुनि शाक्य, रमिता वज्राचार्य, राजेन्द्र शाक्य, दिनेश शाक्य, विवेक शाक्य र अष्टमान शाक्यले सहयोग गरेका छन् ।
Categorized in राष्ट्रिय