STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार राष्ट्रिय दबूको कोभिड द्रुत प्रतिकार्य समूह

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २३, आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबूले कोरोना संक्रमित दबूमा आबद्ध पत्रकारलाई सहयोग गर्न कोभिड द्रुत प्रतिकार्य , रिस्पोन्स , समूह गठन गरेको छ । पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिमा सह –कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, विराजकाजी राजोपाध्याय, बिगेन तुलाधर, अनुप प्रधान, पूर्णभक्त दुवाल र सुनीता डंगोल रहनुभएको छ । समूहले कोरोना संक्रमित पत्रकारलाई राहत, पौष्टिक आहार र आर्थिक सहयोग गर्ने संयोजक श्रेष्ठले बताउनुभयो ।

यसैबीच पत्रकार राष्ट्रिय दबूले कोरोना संक्रमणका कारण परिवारका सदस्य गुमाउनु परी शोकमा परेका पत्रकाहरुलाई शनिबार एक भर्चुअल  कार्यक्रम मार्फत श्रद्धाञ्जली सभाको आयोजना गरी समवेदना प्रकट गरेको छ ।

कोरोना संक्रमणका कारण नेपालकै पहिलो सन्ध्याकालीन दैनिक विश्वभूमीका सम्पादक सुशीलवीरसिंह कंसाकार, पत्रकार राष्ट्रिय दबूका पूर्व केन्द्रीय सदस्य राजेन्द्र शाक्यका माता र पिता, काठमाडौ शाखाका अध्यक्ष अर्बिन्द्रमान सिंहकी माता इन्द्रमाया सिं, सदस्य शरणहरि डंगोलका माता श्रीमाया डंगोल, र ललितपुर शाखाका सदस्य गुणराज शाक्यका माता बेखामाया शाक्यका साथै गायिका तथा सन्चारकर्मि रिता महर्जनका भाई कबिन्द्र महर्जन हालै निधन भएको थियो ।

सभामा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गर्नुभयो । अध्यक्ष बज्राचार्यले यस दुःखद घडिमा आर्थिक स्तर कमजोर भएका परिवारलाई सहयोग गर्ने तयारी भइरहेको बताउनुभयो । सो अवसरमा सचिव कृष्णकाजी मानन्धर, केके,ले प्रतिकार्य समूहले गर्न लागेको कार्यबारे जानकारी दिनुभएका थिए भने दबूका महासचिव सुनिल महर्जन ले पनि मन्तव्य राखेका थिए ।

Categorized in उपत्यका