STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

परीक्षा सार्नेबारे त्रिविमा बोर्ड बैठक

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

काठमाडौं– कोरोना (कोभिड १९) भाइरसको त्रासका कारण परीक्षा सार्न विद्यार्थीले दबाब दिएपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा समितिले बैठक बोलाएको छ । त्रिवि परीक्षा नियन्त्रक तथा समितिका सदस्यसचिव पुष्पराज जोशीले शुक्रबार ५ बजेको लागि समितिको बैठक बोलाएको थियो । कोरोना भाइरसको त्रासका कारण परीक्षामा बस्ने वातावरण नभएको भन्दै विद्यार्थीले परीक्षा सार्न त्रिविका अधिकारीलाई दबाब दिइरहेका छन् । उनीहरुले बिहीबार परीक्षा नियन्त्रक जोशीलाई भेटेर परीक्षा सार्न अनुरोध गरेका थिए । जोशीले भने, ‘मैले मात्रै निर्णय गर्ने कुरा भएन । फेरि अहिले नै परीक्षा सार्नुपर्ने अवस्था पनि आएको छैन । तैपनि म बोर्ड बैठकमा विद्यार्थीका कुरा राख्छु ।’ त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट स्नातक चौथो वर्षका परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ ।

(साभार : अन्नपूर्णपोष्ट)

Categorized in राष्ट्रिय