STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाथीभरा केबलकार निर्माण रोकियो, आन्दोलनकारी र सरकारबिच सहमति

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २३, बुधबार

काठमाडौं - पाथीभरा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ । सरकार र आन्दोलनरत पक्षबीच मंगलबार भएको वार्तामा तत्कालका लागि  निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।

सरकार र संघर्षरत समूहको वार्ताटोलीबीच ६ बुँदे सहमति भएको बताइएको छ ।

केबलकार निर्माणविरूद्ध मुक्कुमलुङ संरक्षण संयुक्त स‌ंघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, किराँत धर्म तथा साहित्य उत्थान संघ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले विरोध जनाउँदै आन्दोलन सुरू गरेका थिए ।

उनीहरूसँग वार्ताका लागि गृह मन्त्रालयले वार्ता टोली गठन गरेको थियो ।

सहमतिमा तत्कालका लागि निर्माण कार्य रोक्ने, सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क, स्वास्थ्य उपचार गर्ने, माघ १२ को घटनामा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेकाहरूलाई निसर्त रिहाइ थाल्ने, मुम्कुम्लुङ संरक्षक पक्षबाट घोषित यातायातसहितका बन्दका कार्यक्रम रोक्ने र आगामी आइतबार बिहान पुनः वार्तामा बस्ने लिखित समझदारी दुईपक्षबीच भएको छ ।

उक्त सहमतिमा वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरू) र सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराई रहेका छन् ।

Categorized in राष्ट्रिय