पीसीआर भनेको औषधी होइन : कामनपा मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
विजयरत्न असंबरे •
कोरोना संक्रमण बढिरहेको याे अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसकिने कुरा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्ताे बताउनु भएको हाे । अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पार्नुभयो । पीसीआर परीक्षणबाट हाम्रो पैसा विदेश गइरहेको तर्फ पनि उहाँले सचेत गराउनुभयो भने काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा वाैद्द परियति शिक्षाका वािध्यार्थिलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्याउँदै आएको स्मरण गराउनुभयो । मेयर शाक्यले काठमाडौं नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल स्थित करुणामयको दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी पनि दिनुभयो । काठमाडौं महानगरपालिकाले उक्त विहारलाई वाैद्द परियति शिक्षाकाका लाग पाँच लाख सहयाेग गरेकाे थियाे । Categorized in उपत्यका


