STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न समितिलाई एक हप्ताको समय थप

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार

काठमाडौं - बजेट निर्माण गर्दा बिचौँलिया प्रवेश गराइएको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक हप्ताका लागि थपिएको छ ।

१० दिनभित्र पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न समय दिइए पनि उक्त समयमा अनुसन्धान गर्न नसकिएपछि एक हप्ताका लागि समय थप गरिएको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव राखेका थिए । सभामुखको उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

१० दिनको समयअवधिमा समितिले खोजेको सीसीटीभी फुटेज पनि फेला पारेको छैन । यसबारेमा समितिले अनुसन्धान गरिरहेको छ ।

Categorized in राजनीति