STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्व मन्त्री नरेन्द्रराज जोशीको कोरोना जोखिम न्यूनीकरण अभियान आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २०, बिहिबार

नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता जोशीले एक पत्रकार सम्मेलन गर्दै  सो कुराको जानकारी गराएका छन् भने सो   अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए ।

यसका साथै कोरोना संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गरिने समेत जानकारी नेता जोशीले दिए । अभियान सफल बनाउन कार्तिक २४ गते लौहपुरुष गणेश मान सिंहको जन्म जयन्तीको अवसरमा सोही दिन देखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउनेछ । यो सेवा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा २४ सै घण्टा उपलब्ध जानकारी नेता जोशीले दिए ।

कोरोना सम्बन्धी जानकारी लिनुपरे बिहान ९८४७३९४४३१ मा, दिउँसो ९८४७३९४८४५ मा र साँझ ९८४७३९४८४६ सम्पर्क गर्न सकिने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

कोरोना सम्बन्धी कुनै पनि जानकारी आवश्यक परे वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डे लाई ९८४७३९४५२० मा र डा. भूपेन्द्र बस्नेतलाई ९८५१०५९४०० मा सिधै फोन गर्न सकिने कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ।

सो पत्रकार सम्मेलन कार्यक्रममा नेता जोशीका साथै पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, डा. रविन्द्र पाण्डे, डा. भूपेन्द्र बस्नेत पनि उपस्थित रहेका थिए ।

Categorized in उपत्यका