प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा काँग्रेस संसदीय दलको बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २३, शनिबार
काठमाडौं - नेपाली काँग्रेस संसदीय दलको पहिलो बैठक बस्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निष्कर्ष निकाल्न संसदीय दलको बैठक आज बस्न लागेको हो ।
यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उक्त समय संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज काँग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने जनाइएको छ ।
यही पुस २५ गतेदेखि प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुँदैछ । २६ गतै नै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् । प्रचण्डले नेपाली काँग्रेससँग पनि विश्वासको मत यसअघि नै मागिसकेका छन् ।
प्रचण्ड काँग्रेससँगको गठबनधन छोडेर एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
Categorized in राजनीति

