STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड–नेपाल समूह, का‌ंग्रेस र जसपा ओलीको असंवैधानिक कदम विरुद्ध संघर्षमा उत्रने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार

ललितपुर – नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको साझा धारणा बनाएको छ ।

संघर्षका थप कार्यक्रमबारे आ–आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

Categorized in राजनीति