प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो ? - प्रधानमन्त्री
Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २६, मंगलबार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् ।
‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन’ प्रचण्डले प्रश्न गर्दै भने,‘के यहीँ हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ । राजेन्द्र लिङदेनले भन्या जस्तो नैतिकताको प्रश्न उठाउन पाइन्छ । राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ ।’
संसदीय अभ्यास र पद्यती कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसँग थाहा भएको प्रचण्डले बताए । ‘संसदमा उभिएर यर्थात के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद् अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन’प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो ? यी मेरा प्रश्न हुन ।’
नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । ‘बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय हो ।
यो सामान्य कुरा होइन, नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले दिनुपर्छ । राजीनामा दवावले मागिने कुरा होइन’, प्रतिनिधिसभामा बोल्दै लिङ्देनले भने ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको स्पष्ट पारे । उनले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताए । तर, अघिल्लो बैठकमा जुन प्रकारको रुलिङ भयो त्यसमा आफूले खेद प्रकट गर्ने बताए ।
Categorized in राजनीति

