STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश सभापतिमा उम्मेदवारी दिने भीमसेनदास प्रधानको घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ११, शनिबार

११ मंसिर, काठमाडाैँ - नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता प्रधानले शनिवार काठमाडौंस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमति प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफुले भुमिका खेल्ने बताए । संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उनले आफु बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताए । उनले भने – ‘संघीय संरचना अन्र्तगत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको संरचना बनेको छ । त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सक्यो भनेपनि एउटा पहिचान बन्छ । यो प्रथम अधिवेशन हो । त्यो ठाउँमा मैले आफ्नो उम्मेदवारी यहाँहरुको शुभेच्छा, सद्भावले पाउन सक्यो भने मैले आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रुपमा लाने, संघीयताबारे धेरै प्रश्न उठेको छ । संघीयता रहन्छ रहँदैन, प्रदेश चाहिन्छ चाहिँदैन, केन्द्र र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय सरकारको द्वन्द यी सबै कुरा संविधानमा व्यवस्था गरेतापनि कानूनी रुपमा साह्रै फितलो कमजोर रहेको कारणले पनि यो कांग्रेसको महाधिवेशनले यि सबै कुराको निक्र्योल गर्नलाई पनि तह तप्कामा विविध तहमा रहेर काम गर्न सक्यो भने यसको संस्थागत विकासलाई त्यो तहमा बस्न सक्यो भने आफुले केही काम गराउन सक्नेमा मेरो मान्यता छ । त्यसैले मैले त्यसतर्फ मेरो उम्मेदवारीको इच्छा गरेको छु । आकांक्षा जारी गरेको हो ।’

उनले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताए ।

Categorized in राजनीति