प्रधानमन्त्री प्रचण्डसमक्ष रास्वपाका तीन मन्त्रीले बुझाए राजीनामा
Janjati Khabar – Janjati Khabar | २०७९ माघ २२, आइतबार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पत्र बुझाएका छन्।
आइतबार रास्वपाको पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलनपश्चात् तीनै मन्त्रीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।
Categorized in राजनीति

