प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट
Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ५, शुक्रबार
काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद’ ।
दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि भेट
यसअघि प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्युयोर्कमा भेटवार्ता भएकाे थियाे ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र योलबीच दुई देशको आपसी हित सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले महासभामा आजै सम्बोधन गरेका थिए । उनी आज न्युयोर्कबाट चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
Categorized in राजनीति

