STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागमती कांग्रेसको सभापतिमा बानियाँ निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १९, आइतबार

मंसिर १९ काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा संस्थापन पक्ष (देउवा समूह) का इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार बानियाँले १०८५ मत ल्याएका छन् । जोशीले भने ९२७ मत प्राप्त गरे ।

निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । बानियाँले दोस्रो चरणको निर्वाचनमा केसीलाई पारजित गरेका हुन् ।

पहिलो चरणको निर्वाचनमा प्रतिस्पर्धी तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत पाउन नसक्दा दोस्रो चरणको निर्वाचन भएको हो । जसमा बानियाँले केसीलाई पराजित गरेका हुन् ।

Categorized in राजनीति