STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिधवाको कथामा बनेको 'हिरा' साउन १५गते सार्वजनिक हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ २३, सोमबार

काठमाडौं । पतिवियोगमा परेकी 'विधवा' नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर टेलिसिरियल 'हिरा' यही साउन १५ गतेदेखि प्रसारण हुने भएको छ । यो सिरियल राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त चलचित्र 'बुलाकी'को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले सामाजिक कथामा रहेर सिरियल निर्माण गरेको हो ।

आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनिले टेलिसिरियलको सार्वजनिक प्रशारणबारे जानकारी गराएको हो । निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिक गरिंदैछ भने साउनकै १५ गतेबाट राष्ट्रिय टेलिभिजनबाट 'हिरा' औपचारिक प्रशारणमा आउनेछ । सामाजिक सञ्जाल प्लेटफर्म युट्यूवमा भने निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल 'सिएम डिजिटल'बाट प्रशारण हुने बरालले बताए।

विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी,  प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनय गरेका छन्। 

स्व. मोती विष्टको प्रस्तुतिमा तयार 'हिरा'लाई राजबहादुर सानेले लेखेका हुन् ।  रक् कौसल को छायांकनमा  रहेको यो सिरियल को शीर्ष गीतमा जय देवकोटाको संगीत रहेको छ भने  गायिका समिक्षा अधिकारीले स्वर दिएकी छिन् । 

सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक  रहेको छ । पोस्टर राकेश दाहालले तयार पारेका छन् । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।

Categorized in सिनेमा