STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बीमा दावी गर्न चोरीको नाटक गर्ने पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनले गत जेठ ८ गते राति पसल चोरी भएको बताएका थिए । हेटौँडाको व्यस्त बजार क्षेत्रमा रहेको पसल चोरी भएको जानकारीपछि जिल्ला प्रहरी मकवानपुरले सूक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानबाट घिमिरे आफँैले सामान लुकाएर चोरी भएको गलत रिपोर्ट गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घिमिरेले अनुसन्धानमा सहभागी प्रहरीलाई काउण्टरमा रहेको नगद तीन लाख र पसल र गोदाममा राखिएका करीब ३० लाखभन्दा बढीकोे सामान चोरी भएको जानकारी दिएका दिएका थिए । उनले प्रहरीसमक्ष सनराइज बैंकमा रहेको ५० लाख ऋण चाँडो तिर्न दबाब आएकाले भाका सार्न तथा बीमा दावी गरी रकम लिन फर्जी चोरीको योजना बनाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यायका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय