STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुंगःद्यः (रातो मच्छिन्द्रनाथ)को रथलाई जावलाखेल पुर्‍याइयो

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १७, बिहिबार

 

ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने बुंगःद्यः- रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको छ।

ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवाबासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्तरूपमा रथलाई तानेर जावलाखेल पुर्‍याएका हुन्।

सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। परम्परागत बाजा, झाँकीसहित रातो मछिन्द्रनाथको रथ तानिएको थियो। गत वैशाख २७ गते बुंगःद्यःको रथलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो।

बुंगःद्यःलाई मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ।

Categorized in उपत्यका