STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार

बुटवल – बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाउनुभएको छ ।
Categorized in राष्ट्रिय