ब्लकबष्टर नेपाली फिल्म अवार्ड जिते पुजा र पलले
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र २८, सोमबार
विगत १६ वर्षदेखि निरन्तर रूपमा आयाेजना हुँदै आएकाे ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएकाे छ।
पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरकाे प्रमुख आतिथ्याेमा चलचित्र विकास वाेर्ड सभाहलमा आयाेजना भएकाे ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल,बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दनालाई प्रदान गरिएको छ। त्यसैगरी अखिल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पुर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ र पुर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्री फुटबल बिधाबाट सम्मानित भएका छन् ।
अग्रज सुवेदी पत्रकारिता पुरस्कार बरिस्ठ पत्रकार रामहरि सिल्वाल,कृयाशिल रंग पत्रकारितामा श्याम स्मृत, युवा पत्रकारिता पुरस्कार रामजी बगाले सम्मानित भए।
काेभिड १९ काेराेनाकाे महामारीका बीच चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेड दर्जन चलचित्रलाई सम्मान पत्र वितरण गरिएकाे छ भने यो बर्ष रिलिजभएको कुल २१ चलचित्रलाई उछिन्दै वर्ष उत्कृष्ट व्यवसायिक चलचित्रमा म यस्ताे गीत गाउँछु २ बाट नायक पल शाह,नायिका पुजा शर्मा, निर्देशक सुदर्शन थापा,वितरक करण श्रेष्ठले साेहि चलचित्रबाट ट्रफि प्राप्त गर्न सफल भएका छन्। वरिष्ठ चलचित्रकर्मी शिव श्रेष्ठको निर्माण कम्पनीले कोरोना महामारीमा पहिलो फिल्मको रुपमा एउटा यस्तो प्रेमकहानी रिलिज गरिएकोले सम्मान प्रदान गरियो। निर्देशक मदन घिमिरे ,कलाकार आर पि पन्त ,निर्देशक नरेश पाैडेल,गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ,निर्देशक ज्ञानेन्द्र देउजा,कलाकार उत्तम के.सी,कलाकार सुभाष गजुरेल, कलाकार निर्देशक शिवहरि पौड्याल लगायतकाे बाक्लो उपस्थित रहेकाे थियाे।
कार्यक्रममा मायाको चिनाे र विश्व कलाकार महासंघकाे तर्फबाट आजिवन सदस्यकाे सम्मान पत्र वितरण गरिएको थियाे ।
त्यसैगरी ९ जना जुरि बरिष्ट चलचित्रकर्मीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियाे । कार्यक्रममा सामाजिक विषयवस्तु उठानमा बनेका चलचित्र चुरिफुरीलाई अवार्ड प्रदान गरिएको छ भने कठपुतली चलचित्रलाई प्राेत्साहन सम्मान प्रदान गरिएकाे छ।
नव प्रतिभा बिधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरेका छन भने महामारिमा नेपाली चलचित्र चलायमान गराउनमहत्त्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडि कम्पनीबाट सुशील पाेखरेल, बिके फिल्म बाट गोपाल काजी कायस्थ ,हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो बिधाबाट बस्नेत स्टुडियोलाई अवार्ड प्रदान गरिएकाे छ। उहाँहरुले कोरोना महामारीमा नेपाल चलचित्र चलायमान बनाउन पहिलो प्रयास गरिएको आयोजक बक्स अफिसले बताएको छ।
Categorized in सिनेमा

