STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरकाे सल्लाघारीबाट लागुऔषधसहित दुई पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

भक्तपुर – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेको छ । उनीहरुको साथबाट ९ हजार ३०० थान डाइजेपाम इन्जेक्सन र तीन हजार ६०० थान नाइट्रोजेपाम बरामद गरेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना