STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भलिबलमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँछु ः अध्यक्ष श्रेष्ठ

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ११, बिहिबार

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलको विकासका लागि यस वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट ठूलो आर्थिक सहयोग उपलब्ध गराउन प्रक्रिया शुरु गरिएको बताउनुभएको छ ।

नेपाल भलिबल संघले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले प्रत्येक वर्ष एउटा खेलकुदको विधामा प्राप्त हुने सो सहयोग यसपटक भलिबलका लागि माग गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट निर्वाचित सांसद श्रेष्ठले भलिबल खेलका लागि विगतमा विनियोजन गरिएका रकम अपुग भएको र यस खेलको विकासमा निजी क्षेत्रको सहकार्य र सहयोग अत्यावश्यक भएको बताउनुभयो ।

संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले खेलकुद क्षेत्रको विकासले देशको पहिचान अन्तर्राष्ट्रिय तहमा फैलाउन सकिने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा यही माघ १४ र १५ गते हङकङ र मकाउमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल खेल्न जान लागेको नेपाली टोलीलाई बिदाइसमेत गरिएको थियो ।

उक्त सहयोग प्राप्त भएमा सो राशि दुई लाख अमेरिकी डलरभन्दा माथिको हुने बताइएको छ ।

Categorized in खेलकुद