STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारततर्फ लैजाँदै गरेको मटर बरामद

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३१, मंगलबार

हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर केराउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो । स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा मारी लुकाइराखेको एक हजार ७५० किलो मटर बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका लागि आज तिलाठी बेल्ही भन्सार कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो । विनोद र हरि घरबाट फरार रहेकाले पक्राउ पर्न नसकेका बताइएको छ । तेस्रो मुलुकबाट आयात गरिएको पहेँलो मटर भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको बेला बरामद गरिएको प्रहरीको भनाइ छ । ९तस्वीर उपलब्ध छ०
Categorized in अपराध-दुर्घटना