STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा संक्रमण बढ्दै : २४ घण्टामा झण्डै तीन लाख संक्रमित

Janjati Khabar – एजेन्सी | २०७८ बैशाख ८, बुधबार

भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन् ।

यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ । गएको २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ ।

भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

Categorized in अन्तर्राष्ट्रिय