STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भोट हाल्न भारतबाट फर्किने बढ्दै

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २५, आइतबार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो ।

गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथि पुगेकाे छ । गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढिरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरूमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरू धमाधम नेपाल फर्किएका बताए । भारतबाट नेपाल फर्कने नेपालीहरूको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले नेपाल आउनेहरूले अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरूले खोप लगाउन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

जुनकुनै उम्मेदवारलाई मत हाले पनि मतको कदर भने हुन नसकेको भारतबाट फर्कनेहरू बताउँछन् । उनीहरूले उम्मेदवारहरूले चुनावअघि विभिन्न प्रतिबद्धता जनाए पनि चुनावपछि पहिलाका प्रतिबद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश समेत पोखेका छन् । नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरूको माग छ ।

दैनिक रूपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताहरूले जनाएको स्वदेशमै रोजगारीको प्रतिबद्धता भने चुनावपछि बिर्सिने गरेको स्वदेश फर्किएका नागरिकको दुःखेसो छ । यो समस्या सामाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ । जसले राजनीतिक दल र नेताहरूमा नागरिकले विश्वास गर्न छोडेको महसुस गर्न थालेका छन् ।

Categorized in राष्ट्रिय