मंसिर २ गते भाइटीकामा सार्वजनिक बिदा
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २६, बुधबार
काठमाडौं – नेवार समुदायले भाइटीका गर्ने दिन मंसिर २ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले हिजोको मन्त्रिपरिषदको बैठकमा बिदाको प्रस्ताव पेश गरेका थिए । श्रेष्ठकै प्रसतावमा मन्त्रिपरिषदबाट बिदाको निर्णय भएको हो ।
यसपटक नेवार समुदायले कार्तिक ३० गते लक्ष्मीपूजा, मंसिर १ गते म्हपुजा तथा नेपाल संवत् ११४१ को न्हूदँ (नववर्ष) मनाउने र मंसिर २ गते भाइटीका गर्ने निर्णय गरेका छन् ।
यही निर्णयअनुरुप नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनले मन्त्री श्रेष्ठसँग भेट गरी भाइटीकाको दिन सार्वजनिक बिदाको माग गरेका थिए । समितिको मागलाई लिएर श्रेष्ठले मन्त्रिपरिषदमा सो प्रस्ताव लगेका हुन् ।
Categorized in राष्ट्रिय


