STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मह जोडी मध्येका हरिवंश आचार्यको जन्मदिनको अवसरमा पाटनमा रक्तदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक २६, सोमबार

ललितपुरमा अहिले ऐतिहासिक कात्तिप्याखं दिनदिनै मन्चन भइरहेको छ । मल्ल राजा सिद्धि नरसिंह मल्ल को पालादेखि आरम्भ भएको कात्तिप्याखं संग हरिवंश राजोपाध्याय नाम गरेका एक ब्राम्हण पण्डित संग सम्बन्धित छ भने संजोगवश हरिवंश नै नाम गरेका विशिष्ट अभिनेताका रुपमा परिचित विशेषगरी हास्य अभिनयमा धनी कलाकार हरिवंश आचार्य ६८ वर्षको जन्मदिन सोमबार पाटन दरबार क्षेत्रमा मनाइयो।

पाटनका शुभेच्छुकहरुले कलाकार आचार्यको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै नेवाः परम्परा अनुसार सगुन दिइएको थियो। जन्मदिन समारोहमा मह जोडिका नाममा सुविख्यात मह मध्येका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । सो समारोहमा कलाकारहरु किरण केसी, नरेन्द्र कंसाकार र शिवहरि पौडेल लगायतको उपस्थितिमा कलाकार आचार्यलाई खादा ओढाई सगुण दिइएको थियो।

सो अवसरमा ललितपुर महानगरपालिका– १६ वडाको तर्फबाट वडाध्यक्ष निर्मलरत्न शाक्यले आचार्यलाई सम्मानपत्र प्रदान गरे । खुल्ला ठाउँमा आचार्यको जन्मदिन मनाइरहँदा दरबार क्षेत्रमा घुम्न आएका  विद्यार्थी, पर्यटकहरुसमेतले  आचार्यलाई जन्मदिनको शुभकामना व्यक्त गरे।

 

वडाले तीन वर्ष अघि कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन मनाएको थियो। यसैबीच सोही अवसरमा  रोटरी क्लब अफ ललितपुर, नेपाल अर्बुद रोग निवारण संस्था ललितपुर शाखा, मदनदेवी फाउण्डेशन, वडाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कलाकार आचार्यले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै रक्तदानको शुभारम्भ गरिएको थियो।

तस्वीरहरु - हर्कबहादुर श्रेष्ठ

Categorized in व्यक्तित्व