STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मातृभाषा पत्रकारिताको अवस्था विषयक गोष्ठी सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १३, सोमबार

काठमाडौं – नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिकाको सहयोगमा ‘मातृभाषा पत्रकारिताको अवस्था’ विषयक गोष्ठीको आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाया उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको पहिलो खण्डमा पत्रकारिता सम्बन्धी नेपालभाषाको पुस्तक एवं स्वयम्भूको वृत्तचित्र सार्वजनिक गरिएको थियो । राकेश महर्जनद्वारा लिखित ‘आमसञ्चार व नेपालभाषाया पत्रकारिता’ पुस्तकको उपमेयर सुनिता डंगोलले विमोचन गर्नुभएको थियो । बि.ए. नेपालभाषाको पत्रकारिता विषय समेटिएर सो पुस्तक लेखिएको हो । सोही कार्यक्रममा विश्व सम्पदा स्वयम्भूलाई लिएर बनाइएको वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो ।

यसैगरी कार्यक्रममा दोस्रो खण्डमा भएको गोष्ठीमा नेपालभाषा, मैथिली, राजवंशी, मेचे, तामाङ, लिम्बू, मगही, थारु, संस्कृत, शेर्पा, उर्दू, धिमाल, जिरेल, राजवंशी, डोटेली, चाम्लिङ, अवधिलगायतका भाषाको पत्रकारिताको अवस्थालाई लिएर कार्यपत्र पेश गरिएको थियो । प्रस्तुत कार्यपत्रहरुमाथि गोष्ठीमा टिप्पणी पनि भएको थियो ।

गोष्ठीमा काठमाडौं महानगरपालिकाया निवर्तमान मेयर विद्यासुन्दर शाक्य एवं निवर्तमान उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Categorized in उपत्यका