STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिर्गौलापीडितलाई तीन लाख सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २४, शुक्रबार

दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहनुभएका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग गरिएको छ । छ महीनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उहाँको काठमाडाँैस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेवा खलको सक्रियतामा रकम सङ्कलन अभियान सञ्चालन गरिएको निवर्तमान अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार एकाइका सभापति भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पहिलो चरणमा सङ्कलन भएको उक्त रकम पीडितलाई प्रदान गरिसकिएको साथै रकम सङ्कलन अभियान जारी रहेको छ । “श्रेष्ठको उपचारका लागि देश तथा विदेशबाट सहयोग आउनेक्रम जारी छ”, उहाँले भन्नुभयो, “पीडितको आर्थिक अवस्था दयनीय रहेकाले थप सङ्कलन भएको रकम हस्तान्तरण गर्नेछौँ ।” थर्पुस्थित मीन माध्यमिक विद्यालयका सहायक कर्मचारी श्रेष्ठलाई कल्याणकारी कोषमार्फत् पनि रु ५२ हजार सहयोग प्रदान गरिएको थियो । यस्तै न्यु भिजन युवा क्लबको सक्रियतामा सङ्कलित रु ३० हजार ७९० पीडितका आफन्तलाई प्रदान गरिएको क्लबका अध्यक्ष सन्दीप रानाभाटले जानकारी दिनुभयो । “पीडितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले जामुने बजारमा अभियान सञ्चालन गरेका थियौँ,” रानाभाटले भन्नुभयो, “स्वःस्फूर्तरुपमा सङ्कलन भएको रकम पीडितका आफन्तलाई हस्तान्तरण गरेकाछौँ ।”
Categorized in राष्ट्रिय