STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ९, बुधबार

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ख्रीष्टमसको अवसरमा मंलबार शुभकामना सन्देश जारी गर्दै उहाले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मुलुक संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाई राख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ख्रीष्टमस पर्वले समेत विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, समाजिक एकता र भातृत्व कामय गर्ने सन्देशमा भनिएको छ ।
Categorized in राष्ट्रिय