STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ४, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी, जनसमुदायका साथै सबै सरोकारवालालाई सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछु ।” उहाँले दुर्घटनामा परी बेपत्ता हुनुभएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमता अपनाउन आग्रह गर्नुभएको छ । त्यस्तै, दुर्घटनाको सूचना पाउनासाथ सुरक्षा टोली परिचालन गरिएको यद्यपि कठिन भूगोल, पानीको उच्च बहाव तथा दक्ष जनशक्तिको अभावका कारण उद्धार तथा खोजीकार्यको प्रयास सफल हुन नसकेको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यसका साथै थप खोजीकार्यका लागि दक्ष जनशक्तिको परिचालनको पहल भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसो १२ बजे लु१ज ७१६६ नंको जिप हुम्ला खार्पुनाथ गाउँपालिका–५ को कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको स्थानीयवासी जनाएका छन् ।
Categorized in राष्ट्रिय