STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उहाँले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गर्नुभयो । तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ दिनको पुण्य तिथिमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० बर्दघाट नगर कमिटीले आज बिहान आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री पोखरेलले भन्नुभयो–“पुरानो समयमा पीडा भूल्ने उपाय नहुँदा त्यसबेला एक किसिमको संस्कार निर्माण भएको थियो, त्यसलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न नसकिए संस्कृतिप्रति नै विश्वास टुट्दै जाने र यसले समाज नै कमजोर हुन्छ ।” उहाँले संस्कृति बलियो भएमा मात्र समाज बलियो हुने भन्दै समय अनुसारको संस्कार र संस्कृति भएमा संरक्षण पनि हुने र राष्ट्रलाई पनि सवल बनाउन सकिने बताउनुभयो । पर्दा पछाडि रहेर कमलादेवी जस्ता हजारौँ आमाले देश र पार्टीप्रति जिम्मेवार योद्धाहरुलाई प्रेरणा दिने काम गरेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले कमलादेवी खनालको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनलाई नै अतुलनीय क्षति पुगेको बताउनुभयो । सो अवसरमा परिवारका तर्फबाट स्व कमलादेवीका छोरा बद्री खनालले उहाँको योगदान र जीवनीबारे प्रकाश पार्नुभएको थियो ।
Categorized in राष्ट्रिय