STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २७, आइतबार

काठमाडौं - काठमाडौंको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो। 

तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए। 

मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भइसकेको राउतले बताए। मानवीय क्षति नभएको ट्राफिकले जानकारी दिएको छ।

Categorized in अपराध-दुर्घटना