STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पु¥याउने जानकारी दिनुभयो । यसअघि नै सङ्घले रङ्गशालाका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले पनि रु दुई लाख ५५ हजार ५५५ को चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गर्नुभएको थियो । यसैगरी रङ्गशालाका लागि आवश्यकपर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्दन थालेकाले आफू उत्साहित भएको बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्नेक्रम शुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गर्नुभयो । जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम शुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा सो रङ्गशाला निर्माण गर्न लागिएको हो ।
Categorized in खेलकुद