राजन राज सिवाकोटीको नेवाः फ्युजन गीतको भिडियो सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ १६, आइतबार
नेपालको गीत संगीत क्षेत्रका लोकप्रिय संगीतकर्मि राजन राज शिवाकोटीको रचना र संगीतका साथसाथै नेपालभाषा संगीत क्षेत्रका लोकप्रिय गायिका रत्नशोभा महर्जन संगको युगल गायनमा " यःमरि च्वामु ” बोलको गीतको म्युजिक भिडियो शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
नेपाली भाय र नेपालभाषा मिसाएर फ्युजनको रुपमा तयार गरिएको यस गीतका रचनाकार राजन राज शिवाकोटी हुनुहुन्छ भने साहित्यकार रजनीमिलाले यसको नेपालभाषा अनुवाद गर्नु भएको हो ।

काठमाडौंको टेकु दोभान स्थित राणाकालिन तीन देवल परिसरमा भएको सार्वजनिकिकरण समारोहमा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ मूख्य अतिथीका रुपमा रहनु भएको थियो । सो समारोहमा प्रमूख अतिथी श्रेष्ठले गायिका रत्नशोभा महर्जनको प्रतिभा प्रशंसा गर्दै विख्यात संगीतकर्मि सिवाकोटी संगको युगल गायनले नयाँ अायाम थप्ने विश्वास व्यक्त गर्नु भयो ।
अशोक कुमार मालि र मनिराज लवटको प्रस्तुति र ए एन एन प्रोडक्शन को निर्माण रहेको सो म्युजिक भिडियोमा अशोक कुमार मालि र तिमिला गोपालि लगायत धेरै कलाकारहरुको सहभागीता रहेको थियो ।

यो भिडियो को कोरियोग्राफि राजन शाही , छायांकन,सम्पादन र कलर ग्रेडिंग सोहन मानन्धर , सृंगार सनमकुमार श्रेष्ठ र मिरा डंगोलले गर्नु भएको छ ।
भिडियो सार्वजनिक समारोहमा आयोजकका तर्फ बाट अभिनेत्री हिसिला महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रस्तोता अशोक कुमार मालि , संगीतकर्मि राजनराज सिवाकोटी, भिडियो निर्देेशक देवकुमार श्रेष्ठ लगायतले सो गीत र भिडियो बारे कुरा राख्नु भएको थियो ।
शुक्रबार सार्वजनिक गरिएको सो भिडियोको समीक्षा गर्ने क्रममा वरिष्ठ सिने पत्रकार तथा समीक्षक विजयरत्न तुलाधर असंबरेले नेपालभाषाको म्युजिक भिडियो क्षेत्र दिनानुदिन फराकिलो हुँदै गएको र यस भिडियो मा नेवाः संस्कृतिमा महत्वपुर्ण स्थान रहेको मिठाइ यःमरिलाई भिडियो मा सुन्दर र सटिक ढंगबाट प्रस्तुत गरिएको ले सुनमा सुगन्ध थपिए जस्तो भएको छ भनि भन्नु भयो ।



