STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजीनामाबाट एमाले पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २२, शुक्रबार

काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले बताए ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल बैठक सूचना टाँसेर बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । त्यहीअनुसार पर्सिसम्ममा सहमति गर्न भनेका छन्।

Categorized in राजनीति