STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भण्डारी नेपालगञ्जमा 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ ।  आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । 
आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति भण्डारीले  प्रतियोगिताको उद्घाटन गर्दैै हुनुहुन्छ ।  राष्ट्रपति नेपालगञ्जमा रहँदा प्रदेश नं ५ का उपलब्ध सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख र  उपप्रमुख  तथा स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम  छ ।  प्रतियोगिताको उद्घाटनपछि राष्ट्रपति आज नेपालगञ्जमै बस्ने जनाइएको छ ।
Categorized in राष्ट्रिय