STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय समाचार समितिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ भट्टराई र श्रेष्ठलाई

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका प्रमुखसमाचारदाता तीर्थप्रसाद भट्टराई र उपव्यवस्थापक ९श्रव्य÷तस्वीर उपसम्पादक० रामलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । प्रमुख समाचारदाता भट्टराई २०५१ सालदेखि र उपव्यवस्थापक श्रेष्ठ २०४४ सालदेखि राससमा प्रवेश गर्नुभएको थियो । सङ्गठनको हालै बसेको बैठकले यही फागुन ७ गते आयोजना हुने रासको ५८ औँ वार्षिकोत्सवका अवसरमा उहाँहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेकोे सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५छ । हाल जोशी सपिङ सेन्टर रहेको नयाँसडकस्थित पूर्व व्यवस्थापक स्व आदित्यध्वज जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको कार्य प्रारम्भ भएको थियो । राससका पूर्व व्यवस्थापक स्व जोशीको नामबाट २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, स्व पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ र रजनी बज्राचार्य सम्मानित भइसक्नुभएको छन । –रासस
Categorized in राष्ट्रिय