STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रु २० लाख लिएर संस्था फरार

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाँै रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीबाट रु १९ लाख ९४ हजार २०० लिएर फरार भएको स्थानीयवासीको आरोप छ । यहाँका पहाडी जिल्लामा विभिन्न बचत समूह बनाई उक्त संस्थाले अछामबाट रु दुई लाख ३० हजार ६००, बैतडीबाट रु तीन लाख ६ हजार ८००, बझाङबाट रु चार लाख ३५ हजार ५००, बाजुराबाट रु तीन लाख १४ हजार ४०० तथा डोटीबाट रु सात लाख ६ हजार ९०० लगेर फरार भएको बताइएको छ । उक्त संस्थाले यहाँका जिल्लामा ब्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाई प्रत्येक समूहमा आबद्ध सदस्यबाट मासिक रु दुई हजारका दरले उठाउँदै आएको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले रकम सङ्कलन गरेर संस्थाका पदाधिकारी फरार भएको बताउनुभयो । उहाँले भन्नुभयो,“संस्थाका कर्मचारी कति बेला फरार भए कसैले पत्ता लगाउन सकेनौँ, संस्थाको बोर्ड झुण्ड्याएको छ, पछि बुझ्दा थाहा भयो, कर्मचारी भागे भन्ने ।” संस्थाका कर्मचारी रकम लिएर फरार भएका विषयमा जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म कुनै पनि उजूरी नपरेको प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो,“रकम लिएर संस्था भाग्यो भन्ने सुन्नमा आएको छ तर उजूरी कसैले दिएको छैन ।” फरार भएका उक्त संस्थाका कर्मचारीले स्थानीयवासी दीर्घराज राणाको घर भाडासमेत नतिरेको बताइएको छ । उतm संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको र संस्थाका अध्यक्ष भ्रष्टाचारको आरोपमा कारागार परेको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना