लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – कोरोना भाइरस (कोभिड – १९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकमा लकडाउन लम्ब्याउनु बाहेकको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
यस विषयमा आइतबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने भनिएको छ ।
जेठ १५ गतेसम्म लकडाउन लम्ब्याउन सकिने जनाइएको छ ।
यसअघि सरकारले जेठ ५ गते सोमबारसम्म लकडाउने गर्ने निर्णय गरेको थियो ।
पछिल्लोपटक कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि हुन थालेपछि सरकारल लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।
Categorized in राष्ट्रिय