STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरको नख्खुमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बन्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १४, शुक्रबार

ललितपुर महानगरपालिका - १३ नख्खुस्थित अन्तर्राष्ट्रिय बाैद्ध ध्यान केन्द्रकाे भवन निर्माण  हुने भएको छ । सोहि क्रममा  २०७७ कार्तिक १३ गते विहीबार दिन सो भजनको शिलान्याश सम्पन्न भएको छ  । भन्डै ४ वर्षकाे लगातार प्रयासपछि हिजो बिहिवार भवन निर्माणकाे लागि शिलान्यास सम्पन्न भएकाे हो । केन्द्रका अध्यक्ष श्री रामकाजी अवालेकाे अध्यक्षतामा भएकाे  शिलान्याश  समाराेहमा बाैद्ध परम्परा अनुसार भिक्षुहरू काैण्डन्य महास्थविर, भिक्षु तपस्सी धम्म महास्थविर र भिक्षु तिष्य स्थविरबाट परित्राण पाठ गरी शिलान्यास गरिएकाे हाे ।

साे अवसरमा क्रमशः अखिल नेपाल  भिक्षुमहासंघका महासचिव भिक्षु काैण्डन्य, अध्यक्ष श्री रामकाजी अवाले, जग्गादाता श्री दशलाल डंगाेल, केन्द्रका उपाध्यक्षद्वय एवं माननीय शाेभा शाक्य र एवं भवन निर्माण समितिका संयाेजक श्री अजरमान जाेशीले शिलान्यास गर्नुभयाे ।

उक्त विहार निर्माणको लागि माननीय सांसद शोभा शाक्यको प्रयासले बागमती प्रदेशबाट पचासलाख रुपिंया, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट पन्ध्र लाख रुपिंया यस बिहारका अध्यक्ष राम काजी अवालेबाट दसलाख रुपिंया र सदस्य तिर्थ शाक्य बाट एकलाख रुपिंया  प्रदान गर्नु भएको थियो भने ईच्छुक श्रद्धालु महानुभावहरुले विहार निर्माणको लागि सहयोगको लागि आर्थिक सहयोग गर्न चाहेमा  अध्यक्ष रामकाजी अवाले, उपाध्यक्ष नि.संयोजक अजर मान जोशी र उपाध्यक्ष माननीय शोभा शाक्यसित सम्पर्क राख्न सकिने कुरा भवन निर्माण समिति ले जानकारी गराएको छ ।

Categorized in उपत्यका